एजेन्सी,४ माघ ।अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका बासिन्दा रहेका छन् । अस्ट्रेलियामा कोरोनाबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो । पछिल्लो एक सातामा अस्ट्रेलियामा कोरानाका कारण मृत्यु हुनेको संख्या ३ सय ५९ पुगेको छ । यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यु साउद वेल्समा आज एकै दिन २९ हजार ८ सय ३० बढीमा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोरानाका बिरामीले खचाखच भरिएका छन् ।
अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकै दिन ७६ जनाको मृत्यु

COMMENTS