काठमाडौं, ११ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् । मंगलवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
मंगलबार थप आठजनासहित मृत्यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै मोरङमा ४४२, कास्कीमा ३११, सुनसरीमा २९१ र रुपन्देहीमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेमा २१२, कैलाली र झापमा १६७र१६७, चितवनमा १५०, बाँकेमा १२१ र मकवानपुरमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दाङमा ६७, कञ्चनपुरमा ५९, सुर्खेतमा ४८ नवलपरासी पूर्वमा ४६, सिराहा ४२, धनुषामा ४४, पाल्पा ४०, स्याङजा ३७, नवलपरासी पश्चिममा ३२, बर्दिया ३०, गोरखा २६, धादिङ २५, सर्लाहीमा २३ तथा अर्घाखाँचीमा २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
COMMENTS