एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण (कहाँ कति सूचीसहित)

काठमाडौं, १३ माघ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा ३ हजार १४३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board