काठमाडौँ, २५ माघ । प्राध्यापक शान्तिश्री धुलीपुडी पण्डितले बुधबार भारतको प्रसिद्ध जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) को उपकुलपतिको जिम्मेवारी सम्हालेकी छिन् । सावित्रीबाई फुले पुणे विश्वविद्यालयकी प्राध्यापक पण्डित जेएनयूको पहिलो महिला उपकुलपतिसमेत हुन् ।
तर उनी जेएनयूको उपकुलपति नियुक्त भएको खबर सार्वजनिक भएसँगै उनका पुराना ट्विटका स्क्रिनसट सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका उनका अधिकांश ट्विटमा भारतका धार्मिक अल्पसंख्यकका रूपमा रहेका समुदायमाथि गरिएका अपमानजनक टिप्पणी छन् ।
प्राध्यापक पण्डितले अधिकांश ट्विटमा मुस्लिम समुदायलाई ुजिहादीु, र क्रिस्चियन समुदायलाई चामलको बोरा बाँडेर धर्मान्तरण गरेको आरोप लगाएकी छिन् । साथै केही ट्विटमा महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको प्रसंशा गरेको पाइन्छ ।
कतिपय जेएनयूलाई मन नपराउने व्यक्तिलाई नै उपकुलपतिको जिम्मेवारी दिइएको भन्दै आलोचनासमेत गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी(लेलिनवादी) की पोलिटब्युरो सदस्य कविता कृष्णन लेख्छिन्, मोदी शासनमा जेएनयूको नयाँ उपकुलपतिसँग मुसलमान र इसाईद्वारा स्थापित शैक्षिक संस्था र किसानिवरुद्ध हिन्दू वर्चस्ववादी पित्तले भरिएका ट्विटर फिड छन् । साथै कोभिड कन्सपिरेसी सिद्धान्तद्वारा भरिएका छन् । उनी वास्तवमै जेएनयूलाई घृणा गर्छिन् ।
त्यस्तै स्वराज भारतका नेता तथा अभियन्ता योगेन्द्र यादवले पनि पण्डितका पुराना ट्विटका स्क्रिनसट सेयर गर्दै नयाँ उपकुलपति शिक्षक र विद्यार्थीका लागि रोल मोडल भएको व्यंग्य गरेका छन् ।
त्यस्तै जेएनयू विद्यार्थी संगठनका पूर्वअध्यक्ष एन साई बालाजीले पण्डितको नेतृत्वमा नयाँ केही काम हुने भन्दा पनि खराब अवस्था आउने बताएका छन् । प्राध्यापकजस्तो व्यक्तिले भ्रामक समाचार फैलाएको उनको आरोप छ । पण्डितले द वायरकी पत्रकार आरफा खानम शेरवानीलाई गिद्ध को संज्ञा दिँदै गरेको ट्विट पनि बालाजीले सार्वजनिक गरेका छन् ।
केही समयअघि शुल्क वृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि पनि पण्डितले कटाक्ष गरेको पाइएको छ । उनले जेएनयूका विद्यार्थीलाई हरुवा र नक्सलवादीको संज्ञा दिएको ट्विट पनि भेटिएका छन् । सत्तारुढ भारतीय जनता पार्टीका सांसद वरुण गान्धीले समते नयाँ उपकुलपतिबाट कुनै आशा गर्न नसकिने बताएका छन् । नयाँ उपकुलपतिको एउटा प्रेस विज्ञप्ति पोस्ट गर्दै गान्धीले यस्ता नियुक्तिले युवाको भविष्यलाई क्षति मात्र पुर्याउने बताएका छन् । व्याकरणमा थुप्रै गल्तीसहितको प्रेस विज्ञप्ति जारी गर्ने एउटा उपकुलपतिबाट आशा गर्न नसकिने उनको संकेत छ ।
उपकुलपति पण्डितले भने सोमबार साँझदेखि ट्विटर एकाउन्ट डिएक्टिभ गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट भएका उनका पुराना ट्विटबारे अहिलेसम्म उनले प्रतिक्रियासमेत दिएकी छैनन् ।
यसअघिका उपकुलपति प्राध्यापक एम जगदेश कुमारलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरिएपछि पण्डितलाई जेएनयूको नयाँ उपकुलपति बनाइएको हो ।
नवनियुक्त उपकुलपति पण्डितले जेएनयूको ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ बाट एमफिल र विद्यावारिधि गरेकी छिन् । चेन्नईको प्रेजिडेन्सी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पण्डितले केही समय गोआ विश्वविद्यालयमा समेत पढाएकी थिइन् ।
पण्डितको जन्म भने सन् १९६२ मा रुसको सेन्ट पिटर्सबर्गमा भएको थियो । उनकी आमा लेनिनग्राद ओरियन्टल फ्याकल्टी डिपार्टमेन्टमा तमिल र तेलुगूकी प्राध्यापक थिइन् । प्राध्यापक पण्डितका ‘पार्लियामेन्ट एन्ड फरेन पोलिसी इन इन्डिया(१९९०) र ‘रिस्ट्रक्चरिङ इन्भाइरोमेन्टल गभर्नेन्स इन एसिया स् इथिक्स एन्ड पोलिसी९२००३० पुस्तक प्रकाशित छन् ।
सन् १९६९ मा स्थापित जेएनयू भारतकै प्रसिद्ध विश्वविद्यालय हो जुन भारत र दक्षिण एसियाका विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको छ । नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत त्यहीँबाट विद्यावारिधि गरेका हुन् ।
COMMENTS