अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट

काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका हुन् । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल छन् । माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।एमसीसीबारे छलफल गर्न विहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board