मटिहानी, २४ फागुन । मटिहानी नगरपालिकाले साहसी महिलाको अवार्ड सुकमरिया देवीलाई प्रदान गरेको छ । उनलाई सम्मान र ५० हजार बराबरको सहयोग दिइएको छ।
जलेश्वर नगरपालिका– ४ सुगा बस्ने ४२ वर्षीया सुकमरिया देवीलाई २०५८ सालमा बोक्सी भनी छिमेकी रगेश्वर महतोको परिवारले बोक्सीको आरोपमा मलमूत्र खुवाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएपछि प्रहरीले दुव्र्यवहारमा संलग्न रगेश्वरको परिवारका चार सदस्यलाई पक्राउ गरिएको थियो । बोक्सीको आरोपमा दुर्व्यवहारका थुप्रै घटना हुने गरे पनि प्रहरीसमक्ष कम उजुरी मात्र पर्ने गरेकोमा देवीको साहसीक कार्यलाई गरिएको सम्मानले प्रोत्साहन दिनेछ ।
COMMENTS