१ चैत, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।
अनलाइन मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध वा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकले नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको भन्दै सचेत रहन अनुरोध गरेको थियो।
COMMENTS