राप्रपा सूर्य चिह्न साझा बनाएर निर्वाचनमा जाने सम्भावना छः अध्यक्ष थापा

काठमाडौँ, २५ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा (एमाले) सँग तालमेल हुने सम्भावना रहेको बताएका हुन् ।”एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ” थापाले भने,”अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ ” आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाको भनाइ थियो । उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे । तर केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोखरेलले तालमेल गरेर पनि चुनाव चिह्न राप्रपाकै”तीरु लाई प्रचारप्रसारमा लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने,”राप्रपा नेपाल पहिलोपटक”तीरु चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेकोले हुँदा यसैलाई प्रचार गर्नुपर्छ ।” राप्रपाले हिन्दू राष्ट्र स्थापना, मुलुकमा विभिन्न मुद्दामा बन्द नगर्नेलगायत नीति र एजेन्डासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board