राष्ट्रपति भण्डारी चितवन आउँदै

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउने भएकी छन् । नेपाल फर्मा एक्स्पो–२०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।

संघका उपाध्यक्ष एवम् मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तथ भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुने छ । संघका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ ।

यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहनेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board