अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।
सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख कमलप्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् ।
नगरप्रमुख भुसालले उपप्रमुख ठाकुरकुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।
नगरप्रमुख भुसाल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । भुसाल नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएको छ ।
COMMENTS