एकीकृत समाजवादीकाे मेयर भागमा कांग्रेसबाट तीन उम्मेदवारी

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीन नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो । सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए । मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।
कांग्रेस कार्यकर्ताको मनदेखि नै मत पाउने गरी आफूले उम्मेदवारी दर्ता गराएको तिवारीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board