टिकटको विषयमा विवाद हुँदा सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।

स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौँमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board