विरुवामा एमालेका उम्मेदवार कुंवरले भने– विरुवाले अब विकासमा फड्का मार्छ

स्याङ्जा । नेकपा एमालेका विरुवा गाउँपालिका उम्मेदबार सुर्य कुंवरले अब बन्ने स्थानीय सरकारले विरुवाको विकासमा फड्को मार्ने बताउनुभएको छ ।

सोमबार नेकपा एमालेको तर्फबाट विरुवा गाउपालिकामा आफ्नो उमेदबार दर्ता गराएपछि सञ्चारकर्मीसंग पतिक्रिया दिदै अध्यक्ष पदका प्रत्यासी कुंवरले यसअघि एमाले नेतृत्वको सरकारले विकासमा सवै आधारहरु तयार पारेको र अब बन्ने एमालेको सरकारले सोही आधारमा टेकेर विकासका लहरलाई अगाडि बढाउने दावी गर्नुभयो ।

पार्टीले आफ्नो लामो राजनितिक योगदानलाई कदर गरेर अध्यक्षको टिकट दिएको बताउदै उहाले यसलाई समाजको विकास र उन्नतिको लागि प्रयोग गर्ने बताउनुभयो ।

विरुवाका जनताले आफ्नो अमुल्य मत दिएर आफुलाई अध्यक्षमा विजयी गराउने आफु विश्वस्त रहेको बताउदै उहाले समृद्ध विरुवा र सुखी विरुवावासी बनाउन कुनै कसर बाकी नराखिने बताउनुभयो ।

विरुवामा एमालेको तर्फबाट उपाध्यक्षमा भगवती शर्माले उमेदबार दर्ता गराउनुभएको छ । एमालेले वडा अध्यक्षहरुमा वडा न १ मा ठाकुर वाग्ले, वडा न २ मा बुद्ध आले, वडा न ३ मा सन्त आले, वडा न ४ मा थमनराज गुरुङ, वडा न ५ मा ङान बहादुर थापा “नविन”, वडा न ६ मा कृष्ण क्षेंत्री, वडा न ७ मा रिम बहादुर गुरुङ र वडा न ८ मा नविन कुमार आलेलाई प्रत्यासी बनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board