आलमको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा राखिएको छ । सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको हो ।

आलमविरुद्ध बिस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको छ ।

उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा बिस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board