अछाममा एमाले र नेकपा एसको तालमेल, माओवादी पनि सूर्य चिन्हबाट लड्दै

कैलाली । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले अछाममा भने नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

एमाले नेता भीम रावलको गृह जिल्लामा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको हो । अछामको मेल्लेख गाउँपालिकामा दुई दलबीच तालमेल भएको एमाले नेता कृष्ण प्रसाद जैशीले जानकारी दिए ।

सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएका छन् । एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् ।

सो दुई दलबीच शुक्रबार मात्र सहमति भएको हो । सहमतिपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

उनका अनुसार वडा स्तरमा पनि तालमेलको सहमति भएको छ । सात वडाको नेतृत्व एमालेले गर्ने र एक वडामा समाजवादीलाई दिने सहमति भएको थियो । तर, एमालेले एउटा वडा पनि छोड्न नचाहेपछि त्यहाँ मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढेको जैसी बताउँछन् ।

अछामकै साँफेबगर नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल भएको छ । त्यहाँ माओवादीका उम्मेदवारहरू सूर्य चुनाव चिन्हबाटै लड्ने गरी सहमति गरेका हुन् ।

पशुपति कुँवरलाई एमाले प्रमुखको उम्मेदवार बनाइको छ भने माओवादीको तर्फबाट रणबहादुर थापाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उनीहरू दुवै सूर्य चुनाव चिन्हमा लड्ने गरी सहमति भएको एमाले नेता जैशीले बताए । साँफेबगरमा माओवादीले वडासम्मै सूर्यबाट लड्ने गरी तालमेल भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board