काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्ध सिनियर एआइजीहरु सर्वोच्च अदालत गएका छन् ।
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको माग एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च गएका हुन् ।
एआइजी पोखरेलले आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्च गइसकेको र दर्ता प्रक्रियामा रहेको जानकारी दिए । सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।
वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।
COMMENTS