मुख्यमन्त्री भट्टसँग निर्वाचन आयोगले माग्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घन्टे स्पष्टीकरण माग गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् ।

यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घन्टे स्पष्टीकरण मागेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board