निर्दोषलाई फसाइएको भन्दै एसपीकै कार्यकक्षमा अनसन बसे मानवअधिकार एलायन्सका अध्यक्ष पौडेल

सिन्धुली । निर्दोष व्यक्तिहरुलाई झुटा मुद्दामा फसाइएको भन्दै मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनसन बसेका छन् ।

गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष तथा स्थानीय समेत रहेका पौडेललाई सो घटनामा मध्यस्तकर्ताको भुमीका निर्वाह गर्न आग्रह गरेका थिए ।
प्रहरी उपरीक्षक कडेलले चिनजान र विश्वासका आधारमा केही व्यक्तिलाई ल्याएर हाजिर गराउने र एक रातमा सो घटना मिलापत्र गराउने आफु समक्ष प्रतिबद्धता गरेको पौडेलले बताए ।

नेकपा९एमाले० सिन्धुलीका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष रामकुमार कार्कीसँग पनि तत्काल घटना मिलाएर निर्वाचनका गतिविधिलाई सहज बनाउने प्रस्ताव एसपी कडेलले गरेका थिए ।

अध्यक्ष कार्कीले पक्राउ पुर्जी जारी गरेका कार्यकर्ता ल्याए कानुनी प्रक्रिया अघि बढ्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए । एसपी कँडेलले प्रतिवद्धता गरेपछि पार्टीको आग्रहमा पौडेलले चार जनालाई बैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन सहयोग गरेका थिए ।

प्रहरीले भोलिपल्ट बिहान कार्यालय समयमा छुटाउने प्रतिबद्धता गरेको भएपनि बैशाख २६ गते ७ दिनको म्याद थपेपछि प्रहरीले विना कारण आफुलाई फसाएको भन्दै आफुसँगको प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल प्रहरी उपरीक्षक कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन् ।

प्रहरीले निर्दोष स्थानीयलाई पक्राउ गरी मुद्धा चलाएको भन्दै पौडेल जिल्ला प्रहरी कार्यालयस्थित एसपी चेम्बरमा मङ्गलबार बिहान ७ बजेबाट आमरण अनशन बसेका हुन ।

समस्या समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गरेका पौडेललाई प्रहरीले नै फसाउन षड्यन्त्र गरेको भन्दै अनशन बसेको उनले बताए ।

उनले घटनालाई राजनीतिकरण नगर्न र सामान्य व्यक्तिहरुलाई झुठ्ठा मुद्धामा नफसाउन प्रहरीलाई आग्रह गरेका छन ।

एमाले जिल्ला इन्चार्ज गणेश पहाडीले प्रहरी उपरीक्षक कँडेलले कांग्रेसको कार्यकर्ता झै व्यवहार गरेको बताए । पदको मर्यादा विपरित प्रहरीले राजनीतिक पूर्वाग्रह राखी एमालेका निर्दोष कार्यकर्तालाई फसाउने षड्यन्त्र गरेको भन्दै एमालेले सो घटनाको विरोध गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board