बागलुङ नगरपालिकामा कांग्रेसका मेयर र माओवादीका उपमेयर विजयी, एमालेले गुमायो

बागलुङ ४ जेठ । बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२८०५ मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकराज पौडेलले ६२८४ मत प्राप्त गरे । श्रेष्ठले पौडेललाई ५५२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २२९५ मत अन्तरले पराजित गरेका थिए ।

नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १०९९८ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ६६४५ मत प्राप्त गरे ।

नगारपािलकाका ७ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एकीकृत समावजादी, एउटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।
अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाका १४ मध्ये ११ वडामा जित निकालेको एमाले यसपटक ३ वटा वडामा सीमित भएको छ ।

नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका जयबहादुर खत्री ४ सय ७४ मत अध्यक्षमा विजयी भए । वडा नम्बर २ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुरज बसेल ४ सय २८ मत प्राप्त गर्दै विजयी भए ।

त्यसैगरी वडा नम्बर ३ मा नेपाली कांग्रेसका शनी केसी ९ सय ८३ र वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका कुमार विक्रम क्षेत्री १ हजार ३३ मतका साथ अध्यक्षमा विजयी भएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका हरि प्रसाद शर्मा ७ सय ३८ मत, वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका रुद्र केसी ७ सय ८६ र वडा नम्बर ७ मा नेकपा एमालेका मेघनाथ शर्मा ८ सय २१ मत सहित विजयी भए ।

वडा नम्बर ८ मा नेपाली कांग्रेसका छमबहादुर कार्की ९ सय ६३, वडा नम्बर ९ को अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा, वडा नम्बर १० को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका तिलबहादुर थापामगर ८ सय ९६, वडा नम्बर ११ मा ७ सय ९० मतका साथ नेपाली कांग्रेसका ज्ञानेन्द्र गौतम, वडा नम्बर १२ मा १ हजार ३३८ मतका साथ स्वतन्त्र उम्मेदवार कोपिला मणी शर्मा, वडा नम्बर १३ मा नेपाली कांग्रेसका नारायण शर्मा पौडेल १ हजार ७०८ मत र वडा नम्बर १४ मा नेपाली कांग्रेसका चक्रबहादुर खत्री १ हजार १६१ मतका साथ विजयी भएका छन् ।
वडा १२ का स्वतन्त्र उमेद्वार नेकाका वागी उमेद्वार हुन् । त्यहां गठबन्धनक राजमो उमेद्वार लोकनाथ शर्मा पराजित भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board