नेप्से आठ अंकले बढ्यो

काठमाडौं, ४ जेठ । सेयर बजार परिसूचक नेप्से ८।९० अंकले बढेको छ । मंगलबार ८४ अंकले घटेको बजार बुधबार भने केही थामिएको हो । बुधबार कारोबारमा आएका १३ उपमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो ।

नेप्सेका अनुसार बुधबार बजार परिसूचक ८।९० अंकले बढेर २२ सय ७४।४२ को बिन्दुमा पुगेको छ । बुधबार २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा काराबार रकम भने एक अर्ब ३२ करोड ६३ लाख छ । दोस्रो बजारमा खरिद बिक्री भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्ये भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधबार राधी विद्युत्, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र बरुण हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्यो । दोस्रो बजारमा सूर्योदय लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने प्रुडेन्सिल इन्स्योरेन्स र सूर्यलाइफ इनस्योरेन्सको मूल्य ४ प्रतिशतले घट्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board