बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का तर्फबाट अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५७९ मत प्राप्त गरी विजयी भएका हुन् ।

अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा ३५५ बढी मत प्राप्त गरे । नेकपा (एमाले)को समेत साथ पाएका गुरुङले ५ हजार ७१७ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कँडेलले ४ हजार ९९७ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा विजयी प्रतिमाले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठभन्दा ५०२ मत बढी पाएका छन् । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गरे । जसपाकोसमेत साथ पाएकी नेकपा (एमाले)की उम्मेदवार पार्वती पाठकले ४ हजार २८१ मत ल्याइन् ।

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रसँग पराजित भएका छन् ।

यस नगरपालिका जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको गृहनगर हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board