हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी

  • एसवी थापा

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा (एमाले)की हरिमाया घलान विजयी भएकी छन् ।

हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ ।

उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छन् । घलानले कुल ६ हजार ८५५ मतसहित विजयी हासिल गर्दा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५ हजार ३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board