सुर्खेतको सिम्तामा कांग्रेस र माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका ऐनबहादुर चन्द विजययी भएका हुन् । चन्द ६ हजार १७० मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र रावतले ५ हजार ८५२ मत ल्याए ।

उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ मत ल्याएर विजयी भइन् । गठबन्धनतर्फबाट माओवादी केन्द्रका चित्रबहादुर हमालले ५ हजार ३११ मत ल्याए ।

सिम्ता गाउँपालिकामा ९ वटा वडामध्ये १, २, ३, ४, ५ एमाले र ६, ७, ८ र ९ गठबन्धन दलबाट नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board