पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ९२ हजार ५६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३७ हजार १२२ मत पाएका छन् ।

यसैगरी नेकपा (एमाले)का कृष्ण थापाले ३३ हजार ८५० मत पाएका छन् । राप्रपाका शंकर खरालले ४ हजार २२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४४५ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता बनाएकी छन् । एमालेकी उम्मेदवार मञ्जु गुरुङले ३८ हजार मत कटाउँदा कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको ३७ हजार ५४५ मत आएको छ । राप्रपाकी रन्जना सेनले ४ हजार १३१ मत ल्याएकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board