पोखरामा अत्यधिक मत बदर, कति भयो बदर ?

पोखरा । पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।

मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८८३ मतान्तरले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरिन् ।

वडाध्यक्षमा कांग्रेसले बहुमत पाएको छ भने नगरसभा सदस्यमा एमालेको बहुमत छ । ३३ वडा रहेको यहाँ २३ जना कांग्रेस र १ जना स्वतन्त्र गरी गठबन्धनले २४ अध्यक्ष जितेको छ । एमालेले भने ९ वडा मात्रै जित्यो । नगरसभा सदस्यमा भने उपमेयरसहित एमालेले ८७ र गठबन्धनले मेयरसहित ८० सिट जितेको छ ।

पोखराको चुनावमा यसपालि अत्यधिक मत बदर भएको भेटिएको छ । १ लाख ४३ हजार १ सय १० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभएपनि मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ । मेयरमा २० हजार ३३२ र उपमेयरमा १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो अनुपात हिसाव गर्दा मेयरमा १४.२० र उपमेयरमा १३.३४ प्रतिशत मत बदर भएको देखिन्छ, जुन पोखराको इतिहासमै सबैभन्दा धेरै बदर हो । दुई तिहाई वडामा अध्यक्ष कांग्रेसले जित्दै गर्दा उपमेयर भने निकै फराकिलो अन्तरले कांग्रेसकै उम्मेदवार पराजित भएकी छन् । बहुमत नगर सदस्य र लोकप्रिय मतका साथ उपमेयर विजयी हुँदै गर्दा मेयरमा एमाले उम्मेदवार झन् बढी फराकीलो मत अन्तरले चुनाव हारेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board