बालेनले काठमाडौँ महानगरको कुन कुन वडाबाट कति मत पाए ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । निकटतम् प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो ।

काठमाडौँ महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ ।

१९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । सिर्जनाकोभन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् ।

हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३३ नम्बर वडा (कोटेश्वर)बाट प्राप्त गरेका छन् । त्यहाँ उनले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात ५ हजार ५२३ मत प्राप्त गरेका छन् ।

बालेनले सदर भएकोमध्ये वडा नम्बर ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नम्बर ३१ (शान्तिनगर)बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नम्बर ४ (बालुवाटार)बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नम्बर ७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नम्बर १० (बानेश्वर)बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गरेका छन् ।

यस्तै, बालेनले सदरमतमध्ये वडा नम्बर १ (नक्साल)बाट ३४ प्रतिशत (७८३), वडा नम्बर २ (लाजिम्पाट)बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नम्बर ३ (महाराजगञ्ज) बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नम्बर ५ (हाँडिगाउँ)बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नम्बर ६ (बौद्ध)बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नम्बर ८ (पशुपति)बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board