पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी– अन्तर्घाती होसियार !

पोखरा । पोखरा महानगरपालिकामा उपमेयरसहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्‍याली निकाल्यो ।

र्‍यालीअघि सहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो । वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी । अधिकारीले भाषण गरेर निस्किए । अनि भाषण गर्न आइपुगेका पृथ्वीसुब्बालाई भने कार्यर्ताले नाराबाजी गर्दै विरोध जनाए ।

‘अन्तर्घाती मुर्दावाद, अन्तर्घाती होसियार,’ उनीहरुको नारा थियो, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर् ।’ उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वीसुब्बा गुट भन्ने लागेको छ । केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो । त्यसपछि घटना झनै रोचक बन्यो ।

अहिले कास्कीमा गुरुङ र अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिश्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ ।

पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए । तर, चुनाव जित्न पाएनन् । प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board