विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सर्वजित मेमोरियल ट्रष्टले विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कार्यक्रम गर्दै ट्रष्टले स्थानीय हिमालय आधारभूत विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

सर्वजित मेमोरियल ट्रष्टले प्रदान गर्ने बेष्ट सर्वजित टिचर अफ द इयर २०७८ को पुरस्कार शिक्षिका अञ्जना थुलुङले पाएकी छन् । ट्रष्टले विद्यालयका शिक्षकमध्येबाट एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने ५ हजार राशीको पुरस्कार थुलुङलाई प्रदान गरेको हो ।

यस्तै, बेष्ट सर्वजित सपोर्टिङ टिचरअन्तर्गतको सहयोग शिक्षक वसन्त राईलाई प्रदान गरिएको छ । हाल निजी श्रोतबाट मासिक १० हजारमा काम गरिरहेका शिक्षक राईलाई ट्रष्टले गत वैशाखदेखि लागु हुने गरी मासिक पाँच हजार थप गरिदिएको हो । शिक्षक राईको तलब १५ हजार नपुगेसम्म मासिक पाँच हजार उपलव्ध गराइने सर्वजित मेमोरियल ट्रष्टका अध्यक्ष सिताराम राईले बताए ।

ट्रष्टले मासिक ७ हजारमा काम गरिरहेका विद्यालयका सहायक कर्मचारी हिरादेबी श्रेष्ठलाई गत वैशाखदेखि लागु हुने गरी मासिक ३ हजार थप गरिदिएको छ । यस्तै, कक्षा १ देखि कक्षा १० सम्मका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने छात्र÷छात्रालाई नगद पुरस्कार प्रदान गरेको ट्रष्टले जनाएको छ । ट्रष्टले विद्यालयको नयाँ भवनको चेनगेट र पुरानो भवनको तल्लो तलाको १० वटा झ्यालमा ग्रिल हालेर हस्तान्तरण गरेको विद्यालयका प्रअ मित्रकुमार दाहालले बताए ।

ट्रष्टले विद्यालयलाई १९ थान प्लाष्टिकको कुर्सी, ४ थान ह्वाइटबोर्ड, पुस्तक, साइन्स ल्यावको सामग्री, खेल सामग्री हस्तान्तरण गरेको छ । ९ छात्ररत्रालाई पोशाक तथा झोला पनि प्रदान गरेको ट्रष्टले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board