आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्दै सेना

काठमाडौँ । उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो ।

तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ ।

२२ जना यात्रु सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०ः०७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board