पोखरा । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्यांकर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाई जहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए ।
आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको हो । अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उनले बताए ।
उनले भने, “रिफ्युलर’ ट्यांकर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ । क्रेनको मद्धतमा त्यसलाई हटाउन सुरु गरेका छौँ, आधा घन्टापछि सञ्चालन होला ।” ट्यांकर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ ।
COMMENTS