फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

काठमाडाै, १७ जेठ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् ।

फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् ।

राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत शाखा प्रमुख भूमिकामा रहेका थिए । उनी व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा संलग्न हुदै आएका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासंग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोन मार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हाल सम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board