सप्तरी । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोसी नदीमा बुधबार बेलुकी करिब ७ः१५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
लिम्बू झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोसी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए ।
लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।
उद्धार गरी लिम्बूलाई घर पठाइएको खड्काले जानकारी दिए ।
COMMENTS