काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै उच्चपदस्थको पनि निगरानी गर्ने भएको छ ।
आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सामान्य र उच्चपदस्थ गरी दुई प्रकारको ग्राहक पहिचान विवरण तयार पारेर राख्नुपर्नेछ ।
राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार वित्तीय क्षेत्रमा जोखिम धेरै र कम भएकाको पहिचान हुने बताइएको छ । नेपालमा भ्रष्टाचारमा उच्चपदस्थ व्यक्तिहरू नै बढी जोडिएको पाइन्छ ।
पछिल्लो सयम सिमेन्ट र पर्यटन उद्योग लगायत ४ वटा क्षेत्रमा लगानीको स्रोत नखोजिने भन्ने व्यवस्थाले पनि आतंकवादी क्रियाकलापबाट पनि नेपालमा लगानी हुन सक्ने भनेर निजी क्षेत्रले समेत विरोध गरेको थियो । अब यी सबै कुराको निगरानी हुने भएको हो ।
COMMENTS