फेरि घट्याे नेप्से, १ अर्ब ४७ कराेडकाे काराेबार

काठमाडौँ, २६ जेठ । नेप्से आज अघिल्लो दिनको तुलनामा १७।५८ अंक घट्यो । सो अंकको गिरावटपछि नेप्से २०६२ अंकमा झरेको छ ।

नेप्सेमा १ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह घटेका छन् । बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३६, होटल तथा पर्यटन ३९, जलविद्युत ४०, जीवन बीमा २८, उत्पादन ४९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १२ अंकले घटेका छन् । कारोबार भएका कुल ३१ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ५ को स्थिर रह्यो । उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स क्रमिक रुपमा अगाडि रहे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board