धनकुटामा मूल्यवृद्धिको विरोधमा एमालेको प्रदर्शन

धनकुटा, २९ जेठ । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेकपा एमाले आइतबार धनकुटामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि दैनिक जनजीवन प्रभावित भएको भन्दै विरोध गरिएको एमालेका जिल्ला नेताहरूले जनाएका छन् । मूल्यवृद्धिका कारण सर्वसाधारणलाई सास्ती भएकोले सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने प्रदर्शनको क्रममा नेताहरूले बताए ।

एमाले धनकुटा नगरपालिकाले आयोजना गरेको उक्त विरोध र्‍यालीमा पार्टीका विभिन्न संगठनका कार्यकर्ता सहभागी थिए । र्‍यालीले धनकुटा बजारका विभिन्न भागको परिक्रमा समेत गरेको छ । विरोध र्‍यालीपछि भीमनारायण चोकमा आयोजित कोणसभामा एमाले नेताहरु उज्वल किराँती, अर्जुन छारा लगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले जनताको ढाड सेक्नेगरी गरिएको महंगी ज्यादतीपूर्ण भन्दै सरकारको ध्यानाकर्षण नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board