जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।

आजका लागि तोकिएको निर्वाचनका लागि नेकपा (एमाले)लगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दलु फडेरा रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा नेपाली कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धिरबहादुुर सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, माओवादी केन्द्रबाट चुदी जाङ्मु तामाङ, कर्ण दमाईलगायत विजयी भएका छन् । यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board