मनिपाल आन्दोलन अन्त्य, कर्मचारीका माग सम्बोधन गर्न प्रशासन तयार

पोखरा । ऐनले दिएको सुविधा नदिएको आरोपमा २६ दिनदेखि मनिपालमा कर्मचारीको आन्दोलन छ । सुत्केरी र किरिया बिदा सहित उपदानको माग गर्दै उनीहरू आन्दोलित भएका छन् । लामो समयको आन्दोलनपछि मनिपाल शिक्षण अस्पताल प्रशासनले कर्मचारीको माग सम्बोधन गर्न राजी भएको छ ।

ऐन अनुसार नै सुत्केरी र किरिया बिदा दिन अस्पताल तयार भएको हो । यस्तै, उपदान पनि साविकका ऐनअनुसार उपलब्ध गराउने सहमति भएको छ ।

‘२०७४ अघिका कर्मचारीको हकमा पुरानै ऐनअनुसारको उपदान दिने सहमति भएको छ । नयाँ कर्मचारीलाई २०७४ को ऐनले तोकेको सुविधा दिइने छ,’ कर्मचारी अमृत पौडेलले भने, ‘अस्पताल प्रशासनले माग पूरा गर्ने सहमति गर्‍यो । हाम्रो आन्दोलन अहिलेका लागि अन्त्य भएको छ ।’ तर, अस्पतालले यसअघि पनि सम्झौता गर्ने र कार्यान्वयन नगर्ने समस्या छ । समस्या दोहोरिए पुनः संघर्ष गरिने पौडेलले बताए ।

कर्मचारीको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आउने बिरामीसमेत मर्कामा थिए । आजदेखि अस्पतालका ओपिडीसहित सबै सेवा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board