निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए

काठमाडौं, २४ असार । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए । निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board