काठमाडौँ बारमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौँ जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएयन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

शनिबार भएको निर्वाचनमार्फत् पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।

खुला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सूर्यमणी राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए ।

महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board