अखिल नेपाल फुटबल संघकाे बैठक बिहीबार हुने

काठमाडौं, ३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ ।

मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो ।

साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board