मौद्रिक नीतिः शेयर धितो राखि १२ करोडसम्म कर्जा

काठमाडौं, ६ साउन । केन्द्रीय बैंकले शुक्रबार आब २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै यसअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएकाे छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले माैद्रिक नीति सार्वजनिक मार्फत शेयर धिताे कर्जा लगायतका व्यवस्था बताएका हुन् ।

मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ । मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्था खारेज समेत गरिएको छ ।

कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियन्त्ररण गर्न खोजेको हो ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न पनि कर्जा विस्तार नियन्त्रित गर्दै विस्तृत मुद्राप्रदायको विस्तार पनि संकुचन गर्न नीति राष्ट्र बैंकले लिएको छ । गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२ प्रतिशतको लक्ष्य लिएको छ ।

यस्तै वाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९/८० मा कम्तिमा महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौद्रिक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board