इस्तानबुल । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दै छन् ।
सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । यसको सट्टा दुवै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् । संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्ने छ । त्यस्तै, ब्ल्याकसीमार्फत् अन्न र मल को रूसी निर्यात को सुविधा गरिने छ।
जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।
सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठुलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ ।
युक्रेनी अन्नको विश्वव्यापी अभावले खाद्यान्नको मूल्य बढेको छ र लाखौँलाई भोकमरीको जोखिममा पारेको छ ।
COMMENTS