धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको छ ।

धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

पीडितहरूले आफ्नो माग राख्दा मेयर साम्पाङले कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेपछि प्रदर्शनकारीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आइतबार अपरान्ह ४ बजे झन्डै तीन सयको हाराहारीमा एक प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गर्नुका साथै मेयरकोकार्यकक्ष तोडफोड गरेका थिए ।

बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै बराह सहकारीका निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board