तार्केश्वर घटना : फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा 

काठमाडौं, १६ साउन । काठमाडौंको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ । 

सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा– ६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए । 

काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ  ।

साथै अनुसन्धानमा  त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board