काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
सो अवसरमा काठमाडौँको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको को मंगलबार बिहानैदेखि घुइँचो लागेको छ।
आजै काठमाडौँको नागपोखरी, कीर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दुध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
COMMENTS