काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै महानगरले बल्खुस्थित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ ।
खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैँ वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत् आग्रह गरिएको छ ।
निर्णयको अवज्ञा भएमा कानुनअनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ ।

COMMENTS