मापदण्डविपरीत बनेका पर्खाल हटाउन महानगरको आग्रह

काठमाडौँ, २३ भदौ । काठमाडौँ महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना निकालेको छ । महानर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डअनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

मापदण्डले कम्पाउन्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ । कतिपय पर्खालहरू नक्सा पास नगरी निर्माण भएको पाइएकाले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घरजग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।

काठमाडौँ महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई पनि महानगरले ९० दिनभित्र नक्सा पेस गरी नियमित गर्न सम्बद्ध व्यक्ति, संस्था, संस्थान र सरकारी निकायलाई समेत अनुरोध गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board