काठमाडाै, २६ भदाै । आउँदो ४ मंसिरमा देशभर एकैसाथ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । गाउँ शहर र टोल बजारमा चुनावी चहलपहल बढिसकेको छ ।
आकांक्षीहरू उम्मेदवारी टिकटका लागि दौडधुप गरिरहेका छन् । राजनीतिक दलहरू चुनावी घोषणापत्र बनाउँदैछन् । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले वितरण गरेको चुनावी घोषणापत्र नेकपाका तत्कालीन महासचिव केशरजंग रायमाझीले लेखेका थिए ।
कम्युनिस्ट पार्टीको २०१५ सालको चुनावी घोषणा–पत्र
क्रान्तिपछिको आठ वर्ष
२०१५ साल फाल्गुण ७ गते नेपाली जनताले क्रान्ति गरी राणाशाहीको एकतन्त्रीय पारिवारिक शासनको अन्त्य गरेको ८ वर्ष पुगी ९ वर्ष लाग्छ । क्रान्तिपछि देशको ८ वर्षको इतिहासतर्फ दृष्टि लगाउँदा एकातिर क्रान्तिद्वारा प्राप्त अधिकारहरूलाई कार्य रूपमा लागू गराउन नेपाली जनताले गरेको संघर्षको तस्वीर देखिन्छ भने सरकार तथा प्रतिक्रियावादी शक्तिहरू मिली क्रान्तिको बेलामा गरेका प्रतिज्ञाहरूको उल्टो क्रान्तिबाट पाइएका अधिकारहरूलाई समेत जनताबाट खोस्न अगाडि बढेको देखिन्छ ।
देशमा राजनीतिक स्वतन्त्रता पाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक प्रगति गर्ने इच्छा गरेका नेपाली जनताले एकतन्त्रीय शासनको अन्त्य गराउनु मुख्य कर्तव्य सम्झी प्राणको बाजी लगाएर क्रान्तिमा अगाडि बढेका थिए ।
२००७ साल फाल्गुण ७ गते राणा शासन अन्त्य गराई त्यसको बदलामा जुन सरकारलाई देशको शासन भार सुम्पिएको थियो । त्यसबाट नेपाली जनताले यही आशा गरेका थिए कि क्रान्तिका बेलामा गरेका प्रतिज्ञाहरू पूरा गरिनेछन् तर केही वर्षको अनुभवले नै जनताका सारा आशाहरूलाई निराशामा बदलिदियो । क्रान्तिद्वारा पाइएका अधिकारहरू पनि खोसिँदै गए ।
अन्तरिम संविधानको उल्लंघन
२००७ को नेपाल अन्तरिम शासन विधानको दफा (८८) अनुसार देशको संविधान बनाउनका निमित्त सकेसम्म चाँडो विधान परिषद्को चुनाव गराइनुपर्नेमा यसको उल्टो झन् आमचुनावको विषयलाई पर सार्दै लगियो र आखिरमा दफा ८ को विपरीत संसद्को घोषणा गरियो ।
यस्तैगरी, प्रधान न्यायालय ऐन २००८ को दफा (२), (४), (३०) को अधिकार पनि खोसियो र प्रधान न्यायालयको फैसला अकाट्य हुन नसक्ने भयो ।
मौलिक अधिकारसम्बन्धी दफा (१६) को पनि अवहेलना गरियो र मौलिक अधिकार सुरक्षित रहन सकेनन् । प्रजातान्त्रिक अधिकारमाथि हमला– उपरोक्त अधिकार हट्नुका साथै सरकारले यसबीचमा अफ्नो शासनयन्त्रलाई दमनयन्त्र बनाएको छ । जनताका सारा प्रजातान्त्रिक अधिकारमाथि हमला भएको छ । अखबारहरूमा प्रतिबन्ध लगाइनु सभाजुलुस–भाषणमा रोक लगाउनु सभास्थलबाट राजनीतिक कार्यकर्ताहरूलाई गिरफ्तार गर्नु अश्रु गेस लाठी चार्ज गर्नु यसबीचका सामान्य कुरा भएका छन् । ८ वर्षसम्म बनेका सरकारले आफ्नो मुख्य मार नेपाल कम्युनिस्ट पार्टी माथि गरेका छन् । किनभने प्रजातन्त्रको रक्षाका लागि कम्युनिस्ट पाटीले नै अगुवाइको काम गरेको छ ।
कम्युनिस्ट पार्टीलाई अवैध गरियो, सुरक्षा कानुनको मुख्य सिकार पनि कम्युनिस्ट कार्यकर्ता नै हुनुपर्थ्यो । यसका साथै अरु विरोधी दलमाथि पनि हमला गरिएको छ । जो कि पार्टीसरह समयसमयमा जनताको पक्षमा थिए । त्यस्तैगरी, जनवर्गीय संगठन र सामाजिक संस्थाहरू पनि सरकारको हमलाबाट बच्न सकेनन् ।
पुरानै शासनकालको अवस्थाः जनताको शक्ति र संघर्षले देशको तथा घरेलु क्षेत्रमा केही प्रगति र प्राप्ति देखिए तापनि देशको अवस्था राणाकालको शासनजस्तै सोचनीय छ । देशको निम्न लिखित आठवर्षको तस्वीरले यस कुराको पुष्टि गर्दछ ।
वैदेशिक नीति– वैदेशिक नीतिमा आज पनि ठूलाठूला कमजोरिहरू उन देशमा आज गोर्खा भर्ती केन्द्रहरू कायम छन् । श्री ५ को सरकारले अझ यसलाई १० वर्षको निम्ति बडाएको छ । यस सन्धिअनुसार अंग्रेज साम्राज्यवादीले हाम्रा देशका नौजवानहरूलाई छानीछानी फौजमा भर्ना गर्न पाउँदैछ ।
नातावाद, कृपाबाद र भ्रष्टाचार–क्रांन्तिपछि पनि राणाकालको सरह नोकरी कोटा प्रमोशन, छात्रवृत्ति आदि दिने काममासमेत प्रजातन्त्रको आधारलाई छाडी नातावाद कृपावादको आधारलाई अपनाइएको छ । यसले गर्दा प्रत्यक्ष शासनको समयमा होस्, अथवा मन्त्रिमण्डलको समयमा होस, आफ्नो मानिस आफ्नै नातेदार आफ्नै पार्टीका कार्यकताले मात्र फाइदा उठाउन पाएका छन् ।
त्यस्तैगरी, देशको विकासकार्यको नाममा अमेरिकनहरू पसी बिनारोकटोक देशको सबै भागमा प्रवेश गर्ने तथा देशका शासन यन्त्रमा समेत दख्खल दिन मौका प्राप्त गर्दै छन् ।
पञ्चशीलको सिद्धान्तविपरीत भारतसँगको असमान व्यापार सन्धि अझ पनि कायम छ । यसबाट नेपालको उद्योगधन्दा तथा बन्द व्यापारको विकासमा बाधा पुर्याएको छ ।
आर्थिक क्षेत्रमा: देशको आर्थिक जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । आर्थिक दृष्टिकोणमा देश अझ पनि राणाकालकै सरह पिछडिएको छ ।
क) उद्योगधन्दाको बर्बादीः राणाकालदेखि खोलिएका देशका उद्योग धन्दाले आठ वर्षको अवधिमा पनि कुनै प्रगति गर्न सकेका छैनन् । सरकारको रेखदेख सहयोगको अभावमा देशका जुट मिल, कपास मिल आदि गएगुज्रेको अवस्थामा छन् । यी मिलबाट देशले फाइदा उठाउन सकेको छैन । यस्तो अवस्था घरेलु उद्योगको छ ।
अन्तर्राष्ट्रिय देखासिकी र देशका जनताको बढ्दो चेतनाले पञ्चवर्षिय योजना तैयार पारिएको छ, तर शासनयन्त्रको अयोग्यता तथा भ्रष्टाचारले गर्दा यस योजनाबाट पनि देशले फाइदा उठाउन सकेको छैन ।
मजदुरको अवस्था: देशका सबै मजदुरहरूको अवस्था अत्यन्तै सोचनीय छ । मजदुर कानून लागू गरिएको छैन ।
ख) कृषिः देशको कृषि अवस्था आज पनि मध्ययुगीन पिछौटेपनमा नै रहेको छ । नहर, कुलो, बाँध, पैनीको कुनै प्रबन्ध भएको छैन । सुक्खा र बाढीले खेतीपातीलाई जहिले पनि नोक्सान पारिरहेको छ । भूमिसुधार कानून व्यवहारमा अझ लागू हुन सकेको छैन । बेठ बेगारी आदि सामन्ती शोषण देशबाट अझ पनि निर्मूल हुन सकेको छैन ।
किसानहरूको अवस्थाः भ्रष्टाचारी तथा सामन्त र जाली फटाहाहरूको हरेक किसिमको जाल झेलबाट किसानहरू तबाह भएका छन् । महँगी रोगव्याध र अनिकालको ठूलो चोट पनि किसान जनतामा नै परेको छ । सुक्खा बाढी बेदखली तथा ऋणको मारले देशका लाखौँ किसान भूमिहीन तथा बेघरबार भएका छन् ।
सुकुम्बासीहरूको अवस्था पर्ती जमिन सुकुम्बासीलाई दिने भन्ने निर्णय पनि भ्रष्टाचारले गर्दा कागजी मात्र भएको छ र पर्ती जमिनको ठूलो हिस्सा हुने खानेहरूके हातमा परेको छ । सुकुम्बासीको त नाम मात्र भएको छ ।
बेकारी: बेकारी समस्या पनि दिनपरदिन बढ्दो अवस्थामा छ । शहरका कैयौँ बुद्धिजीबी मध्यमवर्ग तथा कालीगढहरूले समेत काम नपाई बेइलमी भई बस्नुपरेको छ । पञ्चवर्षीय योजनासमेत बेकारीको समस्या समाधान गर्न असमर्थ रहेको छ । बेकारीको समस्याले नै गर्दा आज देशका बुद्धिजीवीहरू र अन्य युवा युवतीहरू आफ्नो इच्छा र विचारको विपरीत अमेरिकन तथा मिसनरीहरूद्वारा सञ्चालित योजना र संस्थाहरूमा नोकरी गर्नुपरेको छ तर यसबाट पनि बेकारीको समस्या समाधान हुन सकेको छैन ।
शिक्षक, कारिन्दा, तथा साधारण कर्मचारीहरूको अवस्था पनि सोचनीय भएर गएको छ । आजको महँगीका मुख्य सिकार यी तत्त्वले नै हुनुपरेको छ ।
रोगव्याधिः कालज्वर, मलेरियाले तराईलाई बर्बाद गर्छ । हैजा विफर आदि महामारी पनि देशमा कम हुनुभन्दा बढ्दै गएको छ । क्षयरोगको प्रकोप पनि दिनपरदिन अवस्थामा छ । शिशुशालाको देशमा कुनै व्यवस्था गर्ने चलनेछैन जबकि देशको सालाना मृत्यु संख्यामा सयकडा ४०र४५ बच्चाको नै हुन्छ । प्रसूतिगृहका देशमा अत्यन्त ठूलो अभाव छ । राजधानीबाहेक अरूतिर त यसको झन् ठूलो अभाव छ । न डाक्टर न अस्पताल छ । यसको यस्तो अवस्थामा आठवर्षसम्मका सरकारहरूको नीति अत्यन्त निराशाजनक र बेवास्ताको छ ।
हाम्रो देशका प्रशासकीय विभागहरूमा भ्रष्टाचार व्याप्त छ । यसको फस्वरूप घुसखोरी उग्र हुँदैछ र सरकारबाट स्वीकृत जिल्लास्तरका र अन्य रचनात्मक योजनाहरू अधुरा र असन्तोषप्रद भएका छन् ।
शिक्षा र शिक्षण संस्थाहरूको अबस्था –क्रान्तिपछि देशमा शिक्षातर्फ जनताको असाध्यै रूचि बढेको छ । जनताले आफ्नै प्रयासबाट देशका कुनाकाप्चामा शिक्षालयहरूको स्थापना गरेका छन् । जनताको यस्ता सहानीय रचनात्मक काममा पनि सरकारको उपेक्षित तथा उदासीन नीतिले गर्दा धेरैजसो शिक्षालयहरू सोचनीय अवस्थामा पुगेका छन् र कति त बन्द पनि भैसके आर्थिक कमजोरी खर्चिलो पढाइ, सञ्चालक र शिक्षकहरूको बीच झगडा पाठ्यपुस्तकहरूको अभाव र राष्ट्रिय शिक्षा नीतिको अभाव नै तमाम शिक्षालयहरूको पतनका कारणहरू हुन् ।
विश्वविद्यालय– देशमा विश्वविद्यालयको योजना बनेको ४र५ वर्ष भैसक्यो तर आजसम्म चालु हुन सकेको छैन । यसतर्फ गरिएका प्रगति पनि निराशाजनक छन् ।
छात्रवृत्ति र स्कालरसिपः उच्च शिक्षाको निमित्त विदेशमा पढ्न पठाइने विषयमा पनि सरकारको कुनै समुचित योजना छैन । मनपर्दो तरिकाबाट पठाइन्छ तथा छात्रवृत्ति वितरणमा पनि नातावाद कृपावादको सिद्धान्त अपनाइन्छ । सरकारको दोषपूर्ण वैदेशिक नीतिले गर्दा समाजवादी तथा जनवादी शहरबाट पाइएका स्कालरसिपको पनि सदुपयोग हुन सकेको छैन ।
नातावाद, कृपाबाद र भ्रष्टाचार–क्रांन्तिपछि पनि राणाकालको सरह नोकरी कोटा प्रमोशन, छात्रवृत्ति आदि दिने काममासमेत प्रजातन्त्रको आधारलाई छाडी नातावाद कृपावादको आधारलाई अपनाइएको छ । यसले गर्दा प्रत्यक्ष शासनको समयमा होस्, अथवा मन्त्रिमण्डलको समयमा होस, आफ्नो मानिस आफ्नै नातेदार आफ्नै पार्टीका कार्यकताले मात्र फाइदा उठाउन पाएका छन् । नातावाद कृपावादको परिधिभित्र नपर्ने चाहे कुनै पार्टीका हुन अथवा स्वतन्त्र जतिसुकै योग्य भए पनि फालिनु नै परेको छ । यसै तरिकालाई विदेश पठाइने शिष्टमण्डल तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा प्रतिनिधिमण्डलमा र जिल्लाका रचनात्मक कार्यमा समेत लागू गरिएको छ ।
त्यस्तै, किसिमले हाम्रो देशका प्रशासकीय विभागहरूमा भ्रष्टाचार व्याप्त छ । यसको फस्वरूप घुसखोरी उग्र हुँदैछ र सरकारबाट स्वीकृत जिल्लास्तरका र अन्य रचनात्मक योजनाहरू अधुरा र असन्तोषप्रद भएका छन् । यसैले गर्दा मुद्दामामिलामा जनताले न्याय इन्साफदेखि बचित रहनुपरेको छ र कानुनबाट किसान र जनताले पाएका विभिन्न अधिकारहरू पनि खाली कागजी (गजेटमा) मात्र भएका छन् ।
यसरी क्रान्तिकालमा गरिएका प्रतिज्ञाहरूको क्रान्तिद्वारा प्राप्त अधिकारको विपरीत सरकारको कदम बढ्न लागेपछि जनता पनि चूप लागेर बस्न सकेनन् । देशमा ठूला–ठूला संघर्षहरू भए । यिनै संघर्षहरूको फलस्वरूप आर्थिक विकासको निमित्त भूमिसुधार कानुन र पञ्चवर्षीय योजना आदिको घोषणा भयो तर यी घोषणाहरू कागजमा मात्र रहे र कानुनी मात्र सावित भए । देशको आर्थिक जीवनमा कुनै आउन सकेन । तलबाट जनताको एकोहोरो संघर्षले मात्र जनजीवनको परिवर्तन आउनसक्ने रहेनछ । यसको निमित्त माथिको शासनयन्त्रमा पनि प्रजातान्त्रिक संस्थाको आवश्यकता पर्दोरहेछ भन्ने कुरा स्पष्ट भयो । शासनपद्धतिमा प्रजातान्त्रीकरण गर्न आमचुनाव नै एक मात्र बाटो हो भन्ने कुरा पनि निर्विवाद महसुस हुन थाल्यो । प्रजातान्त्रिक शक्तिले आमचुनावमा जोड दिन थाले । फलस्वरूप २०१२ साल २४ गते शाही घोषाणा भयो कि २०१४ साल आश्विन पूर्णिमादेखि महानिर्वाचन शक्ति छ तर प्रजातान्त्रिक तत्त्वहरूको एकताको अभाव र प्रतिक्रियावादी दरवारिया राज गर्दा घोषित तिथिमा आमचुनाव हुन सकेन ।
चुनाव टाल्ने काममा निरन्तर कोसिस गर्ने तत्त्वहरूको कुप्रयासको बावजुद प्रजातान्त्रिक शक्तिहरूको एकता र संघर्षले गर्दा २०१५ साल फाल्गुण ७ गते चुनाव हुनेछ भन्ने शाही घोषण फेरि भयो । जनतामा आएको प्रजातान्त्रिक चेतना प्रजातान्त्रिक शक्तिको सक्रियतामा अब यो तिथि चुनाव नभै टलेर जाने छैन । देशको सबैभन्दा ठूलो राजनीतिक घटना हो । अतः देशमा चौतर्फी प्रजातन्त्रको विक संसद्लाई बलियो बनाई यसद्वारा प्रणालीलाई पनि जनताको अधिकारको रक्षा नेपाल कम्युनिस्ट पार्टी जनताको विधान बनाउने अधिकारको निमित्त प्रयत्नशील प्रजातन्त्रको रक्षा र राष्ट्रिय विकासतर्फ देशलाई लैजान निम्नलिखित कार्यक्रम प्रस्तुत गर्छस्
नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रम
वैदेशिक नीतिः नेपाली जनता सबै राष्ट्रहरूसँग शान्ति तथा मित्र चाहन्छ । आफ्ना दुई छिमेकी देश चीन र भारतसँगको शताब्दी पुरानो मित्रतालाई बलियो र सुदृढ बनाई एशियाली, अफ्रिकी तथा अन्य सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरिनेछ । विश्वशान्तिका निमित्त एटम, हाइड्रोजन तथा अन्य सबै प्रकारका विध्वंसकारी हातहतियारमाथि रोक लगाइयोस् भन्ने नेपाली जनताको पुकार छ । फार्मोसा र यसका निकटवर्ती टापुहरू चीनि गणतन्त्रलाई सौपिनुपर्दछ भन्ने जनताको धेरै दिन देखिको माग छ ।
नेपाल कम्युनिस्ट पार्टीले जनताको उपरोक्त मागलाई साकार बनाउन बराबर कोसिस गर्दै आएको छ र अब पनि निरन्तर कोसिस गर्नेछ ।
यसका साथै हाल वैदेशिक सम्बन्धमा रहेका निम्नलिखित अपमानजनक कुराहरूः
क) पञ्चशीलको विपरीत श्री ५ को सरकार र अंग्रेज सरकारको बीच भएको १० वर्षे गोर्खा भर्ती सन्धिलाई भङ्ग गराउन कोसिस गर्नेछ ।
ख) भारत र नेपालबीच भएको असमान व्यापार सन्धिमा सुधार ल्याउन कोसिस गर्नेछ ।
ग) देशभित्रको अमेरिकी प्रवेशमाथि पूर्ण दृष्टि राख्ने आवश्यकताअनुसार नियन्त्रण गर्न कोसिस गर्नेछ ।
घरेलु नीतिः देशको पुनर्निर्माण गर्नु नै नेपाल कम्युनिस्ट पार्टीको मुख्य रहनेछ । यसको निमित्त देशलाई औद्योगीकीकरण गर्नु भूमिसुधार गर्नु बेकारीको समस्या समाधान गर्नु जनताको कलासंस्कृतिको रक्षा गर्नु र यसको विकास गराउनु, चिकित्सा तथा शिक्षाको उपलब्ध सारा जनतालाई गराउन, जनताको मौलिक अधिकार ग्यारेन्टी चौतफी प्रजातन्त्रको विकास गराउनु इत्यादि नीति अपनाउनेछ ।
मजदुरहरूको न्यूनतम मजदुरी तोकिनेछ । कारखानाको उत्पादनको वृद्धिको सम्बन्धित मजदुरको ज्यालामा पनि वृद्धि हुनुपर्दछ । महँगी भत्ता, क्वार्टरको सुविधा, औषधिको प्रबन्ध ट्रेड युनियन अधिकारको पूरा ग्यारेन्टी हुनेछ ।
उद्योग धन्दा स् नेपाल कम्युनिस्ट पार्टी देशलाई आर्थिक क्षेत्रमा सुसम्पन्न बनाउन उद्योग धन्दालाई विकास गराउने कामलाई प्राथमिकता दिनेछ । यसको निमित निम्नलिखित नीतिहरू अपाइनेछः
१) राज्यद्वारा मुख्य उद्योग खोलिनुपर्दछ । यसका निमित आवश्यक राष्ट्रिय पुँजी तथा विदेशी सहायता र ऋण नै हुनेछ ।
२) पुँजीको सुरक्षा तथा निश्चित मुनाफाको ग्यारेन्टी दिई देशका धनीहरूको व्यक्तिगत पुँजीद्वारा पनि उद्योगधन्दा खोलिनुपर्दछ ।
देशका धनीवर्ग तथा राज्यको पुँजी मिलाई संयुक्त रूपको आधारमा पनि कलकारखाना खोलिनुपर्दछ । यस्ता कलकारखाना विशेष गरी जनताको उपयोगका सामग्री तयार गर्नेका निमित्त हुनेछन् । विदेशी पुँजीपतिको व्यक्तिगत पुँजीद्वारा देशभित्र उनीहरूको मातहतका कलकारखाना खोल्न आवश्यकता छैन ।
घरेलु उद्योगः जनताका दैनिक उपभोगका सामग्री तैयार गर्ने देशमा भएका घरेलु उद्योगको रक्षा गरी विकास गराइनेछ । यसका निमित्त कच्चा मालको प्रबन्ध बिक्री आदिका लागि बजारको व्यववस्थातर्फ विशेष ध्यान दिइनेछ ।
बन्द व्यापारः राष्ट्रिय व्यापारको विकास गराउन राष्ट्रिय व्यापारीहरूलाई विशेष सुविधा दिइनेछ । व्यापारको सुविधाका लागि व्यापार केन्द्रहरूमा एक्सचेन्ज बैंकहरूको प्रबन्ध गरिनेछ, जहाँको नेपाली मुद्रा र विदेशी मुद्राको विनिमय हुन सकोस् । नेपाली मुद्रा र भारतीय मुद्राको विनिमय दर वैज्ञानिक आधारमा निश्चित गरी देशभर नेपाली मुद्राको प्रचलन गराइनेछ । व्यापारी संघलाई मान्यता दिई यसको सल्लाहद्वारा कोटा कन्ट्रोल लाइसेन्सको वितरण गरिनेछ ।
यातायात र सञ्चारः यातायात र सञ्चारको समस्या हाम्रो देशको प्रमुख राष्ट्रिय समस्यामध्ये एक हो यिनीहरूको राम्रो विकास नभएसम्म देश मध्ययुगी समान नै रहन्छ । यी दुवै चिजको अभावमा हाम्रो देशका एक भागका जनताले आर्को भागको जनतासँग साधारण सम्बन्ध राख्न पनि ठूलो बाधाको सामना गर्नु परिरहेछ । यति मात्र होइन, यसले गर्दा देशको आर्थिक विकासमा पनि ठूलो हानि सहनुपरिरहेछ । तसर्थ कम्युनिस्ट पार्टीबाट यातायात र सञ्चारको विकास र विस्तारको लागि विशेष महत्त्व दिइनेछ । आर्थिक सांस्कृतिक आधारलाई ध्यानमा राखी देशका प्रत्येक जिल्ला र महत्त्वपूर्ण स्थानलाई जोड्न यातायात र सञ्चारको व्यवस्था गर्न कम्युनिस्ट पार्टीको प्रथम कर्तव्य हुनेछ ।
मजदुरहरूको निमित्तः मजदुरहरूको न्यूनतम मजदुरी तोकिनेछ । कारखानाको उत्पादनको वृद्धिको सम्बन्धित मजदुरको ज्यालामा पनि वृद्धि हुनुपर्दछ । महँगी भत्ता, क्वार्टरको सुविधा, औषधिको प्रबन्ध ट्रेड युनियन अधिकारको पूरा ग्यारेन्टी हुनेछ ।
कृषि–देशको मुख्य आधार कृषि हो र यो आधार धेरै दिनसम्म कायम रहनेछ । देशको उद्योगधन्दाको विकासका लागि कृषिको सुधार अत्यन्तै आवश्यक छ । कृषिमा सुधार नभई उद्योगधन्दालाई चाहिने आवश्यक कच्चा मालहरू प्राप्त हुँदैन । यसै कारण कृषिमा सुधार र किसान जनताको क्रय शक्ति बढाई उनीहरूको जीवनलाई सुखी बनाउन निम्नलिखित भूमि सुधार गरिनेछस्
१) रजौटा राज्य र बिर्ताप्रथा उन्मूलन गरिनेछ ।
२) जमिनमा हदबन्दी गरी अतिरिक्त जमिन भूमिहीन किसानहरूमा वितरण गरिनेछ । जमिनदारी प्रथा उन्मूलन गरिनेछ ।
३) सरकारी पर्ती जमिन भूमिहीन किसानहरूमा बाँडी ती जमिनको आवादी गर्न सरकारी सहायता प्रदान गरिनेछ ।
४) तमसुक जाँच कमिशन खडा गरी झुट्टा जाली तमसुक रद्द गरी दिने र तिर्नपर्ने ऋण पनि पटकपटक गरी पाउने व्यवस्था मिलाइदिनेछ ।
५) खेताला तथा ज्यामीहरूको न्यूनतम ज्याला तोकिनेछ ।
६) कुलो बाँध पेनी नहरको बन्दोबस्तको साथै आधुनिक ढङ्गबाट खेती गराउन सरकारी व्यवस्था हुनेछ ।
७)किसानहरूलाई ऋण दिनको निमित्त सरकारी बैंकहरूको स्थापना गरिनेछ ।
८) भुखमरी तथा अनिकालको निमित्त धर्म भखारी प्रथा चलाइनेछ ।
९) पशु चिकित्साको निमित्त गाउँ घरमा पशु चिकित्सा अस्पतालको स्थापना गरिनेछ ।
देशका अछुत जातिहरूको सामाजिक तथा आर्थिक हालत सुधार्न नेपाल कम्युनिस्ट पार्टीले पूरा कोसिस गर्नेछ । कानुनको अगाडि सबैबराबर रहनेछन् ।
मध्यवर्गीयहरूका निमित्तः राष्ट्रिय निर्माणमा मध्यमवर्गीहरूको ठूलो स्थान रहन्छ भन्ने कुरा कसैले इन्कार गर्न सक्दैन । तर, आज महँगी तथा बेकारीले गर्दा उनीहरूको सोचनीय अवस्था भइरहेको छ । अतः नेपाल कम्युनिस्ट पार्टीहरू उनीहरूकको समस्यामा पूर्ण ध्यान दिई उनीहरूको योग्यता तथा रचनात्मक शक्तिलाई देश निर्माण प्रयोगमा ल्याउन पूर्ण कोसिस गर्नेछ ।
महिलाहरूको निमित्तः आजको हाम्रो समाजमा महिलाहरूको अत्यन्त तल्लो स्थान छ । हरेक क्षेत्रमा उनीहरू पछि परेका छन् । उनीहरूको योग्यतालाई हाम्रा देश निर्माणको काममा उद्योग गर्ने कोसिस गरिएको छैन । देशको संख्याको आधाभन्दा बढी संख्या महिलाहरूको नै छ । समाजको यत्रो विशाल अंगलाई बेवास्ता गरी देश निर्माणको काममा कसरी सफलता मिल्न सक्ला रु अतः नेपाल कम्युनिस्ट पार्टी जो कि आफ्नो जन्मकालदेखि महिलाहरूको अधिकारको निमित्त लड्दै आइरहेको छ । आज महिलाहरूलाई पनि हरेक क्षेत्रमा पुरुषसरह स्थान रहनुपर्दछ भन्ने कुरामा जोड दिन यी कुराहरू लागू गरिनेछ ।
१) पुरुषसरहको बराबर कामको निम्ति पुरुष सरहको बराबर ज्यालाको अधिकार रहनेछ ।
२) प्रसव समयको निम्ति तलबसहितको छुट्टी दिनेछ ।
३) प्रसूतिगृह, शिशुशालाहरूको प्रबन्ध गरिनेछ ।
४) योग्यता प्राप्तिको निमित्त पूरा अधिकार दिइनेछ ।
अछुतहरूको निमित्त स् देशका अछुत जातिहरूको सामाजिक तथा आर्थिक हालत सुधार्न नेपाल कम्युनिस्ट पार्टीले पूरा कोसिस गर्नेछ । कानुनको अगाडि सबैबराबर रहनेछन् ।
प्रवासी नेपालीहरूका निमित्तः विदेशमा गई बसोबास गरेका नेपाली नागरिकहरूलाई देशमा फर्की आई बसोबास गर्ने मौका दिइनेछ ।
शिक्षाः शिक्षाको अभावमा देश निर्माणको काम हुन सक्दैन । सरकारको सही नीति पनि लागू हुन सक्तैन । जनताको अशिक्षितताले नै गर्दा सरकारी कर्मचारीहरूलाई भ्रष्टाचार गर्ने मौका मिल्दछ । शिक्षाको अभावमा प्रजातन्त्रको विकास गराउन पनि असम्भव हुन्छ । अतः आजको मुख्य राष्ट्रिय काम जनतालाई शिक्षित बनाउनु नै हो । यसको निमित्त नेपाल कम्युनिस्ट पार्टी निम्नलिखित नीति प्रस्तुत गर्दछ
१) देशमा भएका शिक्षालयहरूलाई उचित सहायता दिई पुनर्गठन गर्ने ।
२) संगठित रूपले प्रौढ शिक्षाको प्रबन्ध गर्ने ।
३) विश्वविद्यालयको योजनालाई साकार बनाउने ।
४) प्राथमिक शिक्षा निःशुल्क बनाउने ।
५) राष्ट्रिय निर्माणको कामलाई ध्यानमा राखी टेक्निकल तथा वैज्ञानिक शिक्षाको विशेष प्रबन्ध गर्ने ।
६) सरकारी तथा गैरसरकारी सबै शिक्षक तथा विद्यार्थीहरूको शैक्षिक तथा प्रजातान्त्रिक अधिकारको ग्यारेन्टी गर्ने ।
७) देशमा एकै किसिमको शिक्षा प्रणाली लागू गराउन एकै किसिमको पाठ्यक्रम बनाउने ।
भाषाः हाम्रो देश सानो भए तापनि यहाँ धेरै किसिमको भाषा भाषी छन् । सबैले आफ्नो भाषाद्वारा नै भावना व्यक्त गर्न सजीलो पर्ने हुँदा सबैलाई आफ्नो आफ्नो भाषा प्यारो छ । अतस् देशमा बोलिने सबै किसिमका भाषालाई समान सहयोग र प्रोत्साहन दिनु नै सही दृष्टिकोण हुन जान्छ । यही दृष्टिकोणअनुसार भाषाको विषयमा नेपाल कम्युनिस्ट पार्टीले निम्नलिखित नीति अपनाउनेछः
नेपाली भाषा राज्य भाषा हो भन्ने व्यावहारिक सत्य भएकाले नेपालीले नै राज्यभाषाको स्थान नेपाली भाषा जनता र सरकारबीचको अफिसियल भाषा भएकाले यस भाषाको अध्ययन र विकासको निमित्त सारा जनतालाई प्रोत्साहित गर्ने । यसको साथै अरू भाषाले पनि समान अधिकार पाउनेछन् ।
१) स्थानीय भाषालाई पनि स्थानीय शिक्षालयहरूमा शिक्षामाध्यमको स्थान पाउने अधिकार छ ।
२)हिन्दी– यो भाषा पनि नेपालभित्र बोलिने भाषामध्ये एउटा भएको छ र तराइका धेरैजसो क्षिालयहरूमा शिक्षामाध्यमको स्थान प्राप्त गरेको छ । अतः तराईका शिक्षालयहरूमा जहाँ हिन्दी माध्यम छ, त्यहाँ अर्को शिक्षा माध्यमको सवाल उठाउने जरूरत छैन ।
३)प्राथमिक शिक्षा मातृभाषामा दिने प्रबन्धका लागि कोसिस गर्ने ।
४)ग्रामपञ्चायत तथा नगरपालिकाको माध्यम स्थानीय भाषालाई बनाउने सिद्धान्तलाई ध्यानमा राखी व्यावहारिक कदम चाल्ने । तर सरकार र यी संस्थाहरूको बीचको भाषा राज्य भाषा नै रहने ।
कला तथा सम्कृतिः राष्ट्र निर्माणमा कला तथा संस्कृतिको ठूलो स्थान रहन्छ भन्ने कुरा निर्विवाद छ । अतः यसको विकासका निमित्त पार्टीले निम्नलिखित कदम चाल्नेछः
१)देशको साहित्य तथा सांस्कृतिक संस्थाहरूसँग विचार विमर्श गरी देशको साहित्य तथा कलाहरूको विकासका निमित्त सरकारद्वारा उचित कद चालिनेछ ।
२) देशमा प्रगतिशील नाटक तथा नेपाली फिल्म निकाल्न कोसिस गरिनेछ ।
३) नेपालका प्रमुख शहरहरूमा पाठ्यशालाहरूको स्थापना गराइनेछ ।
४) खाली शिक्षाको निमित्त जनताद्वारा देखाइने नाटकहरूमा मनोरन्जन कर नलगाइने बन्दोबस्त गरिनेछ ।
५) साहित्यकार तथा नाकटकारहरूलाई सरकारद्वारा आर्थिक सहायता तथा पेन्सनको प्रबन्ध गरिनेछ ।
धर्म तथा धार्मिक स्थानः धर्म व्यक्तिगत विश्वासको विषय हो । आफ्नो विश्वासअनुसारको धर्म मान्ने देशमा विभिन्न किसिमको धर्मावलम्बीहरू छन् । सबैको आफ्नो किसिमका धार्मिक केन्द्रहरू छन्, अतः नेपाल कम्युनिस्ट पार्टीले सबैलाई धार्मिक स्वतन्त्रता दिनेछ र सबै किसिमको धार्मिक केन्द्रहरूको रक्षा गर्नेछ । मेला पर्वमा यात्रीहरूको सुविधाका लागि यथासम्भव कोसिस गर्नेछ ।
अरु पार्टीहरूले देश र जनताका लागि के कति गर्दैआएका छन् भन्ने कुरा देशको आठ वर्षको इतिहासले स्पष्टै गरेको छ । कम्युनिस्ट पार्टीलाई छोडी अरू सबै पार्टी सरकारमा गइसकेका छन् । आठ वर्षसम्म भएको देशको जुन बर्बादी चित्रण गरिएको छ, ती सब कुराको जिम्मेवारी कुनै न कुनै रूपमा ती सरकारमा गएका सबै पार्टीले लिनैपर्छ भन्ने कुरा निश्चित छ ।
स्वास्थ्य
१) देशको आम्दानीको ठूलो हिस्सा जनताको स्वास्थ्यरक्षाको निमित्त खर्च गरिनेछ ।
२)भएका अस्पताल तथा डिस्पेन्सरीहरूको जीर्णोद्धार गर्ने र नभएक स्थानहरूमा खोलिनेछ ।
३) देशका विभिन्न भागहरूमा प्रसूति गृहको विशेष प्रबन्ध गरिनेछ ।
४) शिशुशालाहरू खोलिनेछ ।
५) हैजा, बिफर आदि संक्रामक रोगको नियन्त्रण गर्न विशेष इन्तजाम गरिनेछ ।
६)’मलेरिया कन्ट्रोल’, ’कालाज्वर’ कन्ट्रोल केन्द्रहरू खोलिनेछ ।
७) क्षयरोगको निवारणार्थ सोनटोरियमको प्रबन्ध गराइनेछ ।
८) शिक्षाद्वारा जनतालाई स्वास्थ्य रक्षातर्फ जागरूक गराइनेछ ।
९) डाक्टर, कम्पाउण्डर, नर्सहरूको तलब बढाउन र उनीहरूको प्रमोशन नोकरीको ग्यारेन्टी गरिनेछ ।
प्रजातन्त्रको विस्तारका निमित्त: उपरोक्त कार्यक्रम देश निर्माणको निमित अत्यन्त आवश्यक छ तर जनताको रचनात्मक शक्ति र अगुवाइको अभावमा उपरोक्त कार्यक्रम लागू गराउन सम्भव हुनेछैन । अतः पार्टीले यसका निमित्त निम्नलिखित नीति प्रस्तुत गर्दछ:
१) संसद्को बहुमतलाई विधान संशोधनसम्मको अधिकार रहनेछ ।
२) माथिल्लो सदन हटाइनेछ ।
३) न्यायपालिकालाई कार्यपालिकाबाट स्वतन्त्र राखिनेछ ।
४) पञ्चायतसम्मका सबै चुनाव गुप्त मतदान प्रणालीद्वारा नै गराइनेछ ।
५) जनताले चाहेमा युनियनका प्रतिनिधिलाईसमेत हटाइने अधिकार रहनेछ ।
६) योग्यताका आधारमा सबैले प्रमोसन तथा नोकरी पाउनेछन् भन्ने विचारले संसद्प्रति उत्तरदायी भएको पब्लिक सर्भिस कमिसन गठन गरिनेछ ।
७) स्वायत्त शासनका अंग पंचायत, नगरपालिका तथा जिल्ला बोर्डहरू प्रजातन्त्रका मुख्य आधारहरू हुन् । यी आधारहरूलाई बलियो नबनाई कसैगरी पनि प्रजातन्त्रको विकास हुन सक्दैन । अतः यी संस्थाहहरूलाई सरकारी हस्तक्षेपबाट मुक्त गरी आवश्यक साधन र आर्थिक सहायता प्रदान गरिनेछ । सरकारी अफिसरहरूमाथि समेत रेखदेख गर्ने अधिकार यो संस्थाको हुनेछ । जसबाट सरकार नौकर र जनता मालिक भन्ने सिद्धान्त लागू हुन सक्नेछ ।
नेपाल कम्युनिस्ट पार्टीको अपिल
जनताद्वारा सरकार बनाउने दिन: ऐतिहासिक २०१५ सालको फाल्गुण ७ गतेको दिन नगिच नगिच आउँदैछ । यो दिन देशको सबभन्दा ठूलो राजनीतिक महत्त्वको दिन हो । यसै दिन जनताले आफ्नो चाहेको व्यक्तिलाई चुनी संसद् पठाई आफूले चाहेजस्तो सरकार बनाउन सक्दछन् ।
कसलाई चुन्ने: यस आमचुनावमा जनताले यस्तो पार्टीको उम्मेदवार अथवा समर्पित उम्मेदवारलाई चुन्नुपर्दछ, जो कि जनताको सुख सुविधाका लागि भ्रष्टाचार, कालो बजार, नातावाद, कृपावाद, चाकरीवाद तथा अवसरवादको विरुद्ध लड्दै आएका छन् र यसको देशभक्ति र इमानदारीको एउटा गौरवशाली इतिहास पनि बनिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको चुनाव नीति: देशको इतिहासमा सर्वप्रथम बन्न गइरहेको संसद्मा प्रजातान्त्रिक तत्त्वको बहुमत होस् भन्ने विचारले यस चुनावमा प्रतिक्रियावादी तथा पुनरुत्थानवादी तत्त्वलाई हटाउने कम्युनिस्ट पार्टीको नीति छ । यस नीतिअनुसार कतिपय इलाकामा पार्टीले आफ्नै उम्मेदवार खडा गराउनेछ र जहाँ पार्टीका उम्मेदवार खडा गराइने छैन, त्यहाँ नेपाली कम्युनिस्ट पार्टीले प्रजातान्त्रिक तत्त्वको समर्थन गर्नेछ ।
नेपाल कम्युनिस्ट पार्टी यस आम चुनावका निमित्त देशको आठ वर्षको संघर्षमा भएको अनुभवका आधारमा उपरोक्त कार्यक्रम लिई जनतासमक्ष आइरहेछ । अतः यो देशहितका निमित्त अरू पार्टीले के कति गरेको छ, गर्दै आएको छ र कम्युनिस्ट पार्टीको के कुरामा नेपाली जनमतले विचार गर्नुपर्दछ भने यो आठ वर्षसम्म देश र जनताका लागि कुन पार्टीले कति गरे, यसलाई समेत ध्यानमा राखी त्यहीअनुसार जनताले मत दिनुपर्दछ ।
अरु पार्टीहरूको भूमिकाः अरु पार्टीहरूले देश र जनताका लागि के कति गर्दैआएका छन् भन्ने कुरा देशको आठ वर्षको इतिहासले स्पष्टै गरेको छ । कम्युनिस्ट पार्टीलाई छोडी अरू सबै पार्टी सरकारमा गइसकेका छन् । आठ वर्षसम्म भएको देशको जुन बर्बादी चित्रण गरिएको छ, ती सब कुराको जिम्मेवारी कुनै न कुनै रूपमा ती सरकारमा गएका सबै पार्टीले लिनैपर्छ भन्ने कुरा निश्चित छ । सरकार बाहिर रहँदा देशहित र जनतामा ठूला–ठूला कुरा गर्नु, आफूलाई प्रजातन्त्रका रक्षक घोषित गर्नु तर सरकारमा गएपछि आफ्नो व्यक्तिगत स्वार्थ तथा पार्टीको ग्रुपस्वार्थलाई प्रमुखता दिई विरोधी पक्षलाई दबाउन अगाडि बढ्नु नातावाद कृपावादको बाटो अपनाउनु जनताको विश्वास छोडी दरबारिया राजनीति अपनाउनु आदि नै यी सब पार्टीको अवसरवादी चरित्र रहेको छ । यी राजनीतिक पार्टीहरूको यस्तो रवैया रहेकाले आज पार्टीहरूको तर्फबाट जनताको विश्वास कम हुन लागे हो र यसबाट प्रतिक्रियावादी तथा पुनरुत्थानवादहरूले फाइदा उठाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको भूमिकाः नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जन्मकाल (९ वैशाख २००६) देखि नै देशमा स्वस्थ प्रजातन्त्रको जग बसाली प्रजातन्त्रलाई हुर्काउने जे जति प्रयास गर्दै आएको छ, त्यो कुरा जनताबाट छिपेको छैन । देशमा सबभन्दा पहिला आमचुनावको नारा उठाई देशव्यापी रूपमा ुचुनाव दिवसु मनाएको कम्युनिस्ट पार्टीले नै हो । देशका तमाम जनसाधारणलाई आफ्नो अधिकारको निमित्त एकता र संगठनको आवश्यकता पर्दछ भन्ने चेतना दिएको पनि कम्युनिस्ट पार्टीले नै हो । यति मात्र होइन, क्रान्तिपछि जनताको तमाम संघर्षमा पनि पार्टीले अगुवाइको काम गर्दै आएको छ ।
यही जनसेवा, देश सेवाद्वारा नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी प्रभाव पर्न लागेकाले नै पार्टीलाई खतम गर्न हरेक किसिमका कोसिस गरिँदै आएका छन् । पार्टीको विरोधमा झुट्टा गन्दा प्रचार गरियो, आतंक फैलाइयो । पार्टीका कार्यकर्ता तथा समर्थकसमेतलाई जेलको यातना दिइयो । जिल्ला–जिल्लामा कार्यकर्ताहरूलाई झुट्टा मुद्दासमेत लगाउन बाँकी राखिएन । आखिरमा पार्टीलाई गैरकानुनीसम्म गरियो, तब पनि जनताको बीचमा रहेर जनताको सहयोगले धैर्य र हिम्मतका साथ पार्टीले जनताको सेवा गर्दै आयो र जनताकै दबाबद्वारा फेरि पार्टीलाई रोकबाट हटाउनुपर्यो ।
यसरी जनताको बीचमा रहेर जनताको सहयोगले हामी आफूलाई जीवित राखी जनताको सेवा गर्दै आएका छौँ । आज फेरि जनताको उही सहयोगमा असहमति विश्वास राख्दै चुनावको राजनीतिक लडाइँको मैदानमा प्रवेश गर्दैछ । हामीलाई विश्वास छ, निश्चय नै जनताले देशलाई गरिबी भूखमति बर्बादी तथा भ्रष्टाचारको अन्त्य गर्न तथा नातावाद कृपावादलाई निर्मूल पार्न हामीलाई सहयोग र समर्थन गर्नेछन् । हामीलाई समर्थन गर्नु भनेको न्याय–इन्साफ–सत्य र मानिसले मानिसलाई गर्ने शोषणको अन्त्य गर्नु हो । हाम्री विजय जनताको आफ्नो विजय हो । हामीलाई यो पनि विश्वास छ, जनताको यसपटकको सहयोगले देशको प्रजातन्त्रको पक्षलाई बलियो बनाउनेछ । हामीलाई यो पनि विश्वास छ, जनताको यस समर्थनले देशका सम्पूर्ण जनताको जीवनलाई सुखी र सम्बुद्धिशाली बनाउन, देशमा फेरि नयाँ जोश र उत्साह ल्याउने ।
अतयवस् नेपाल कम्युनिस्ट पार्टीलाई आमचुनावमा जिताउन नेपाल कम्युनिस्ट पार्टीलाई खुला हृदयले सहयोग गर्नुहोस् ।
जय नेपाल !
COMMENTS