काठमाडौं २९ल भदौ । आगामी मंसिरमा हुने संघीय र प्रादेश साभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।
पाण्डेका अनुसार कांग्रेस संसदीय समितिको बैठक बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने उनको भनाइ छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्छ ।
COMMENTS