काठमाडौँ — ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा दाहालले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने बताएका हुन् । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगती, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिन्छ भन्ने आफूलाई विश्वास रहेको उलने बताए ।
संरचनामा देखिएका विकृति र विसंगतीलाई सुधार गर्नका लागि आफू लाग्ने दाहालको भनाइ थियो । शान्तिपूर्ण छलफल र बहसको तरिकाले सामाजिक जीवनका सबै क्षेत्र र समुदायको सहभागितासहित अगाडि बढ्नुपर्ने र त्यसका लागि आवश्यक पर्दा सडकमा पनि जानुपर्ने अवस्था आउने उनले भनेका छन् । ‘कैयौं प्रधानमन्त्रीहरूले भन्ने गरेको तपाईं(हामीले सुनेका छौं ुम भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नु भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने, दाहालले भने, ‘के कारणले यो भइराखेको छ रु यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहिँ खोट छ रु आज हामी सबैले विचार गर्नुपर्ने विषय हो ।’
राज्यका संचालनका लागि स्थापना गरिएका संरचनाले काम गर्दा समस्या आएको हो कि भन्ने दाहालको भनाइ थियो । ‘हामीसँग मेसिनरी ठिक भएन भने पनि लाग्छ । जस्तो चिज हालेपनि त्यो मेसिनले आफ्नो आकार, प्रकार र गुणचरित्र अनुसारकै परिणाम दिन्छ । राम्रो हाले पनि निक्लिने बेलामा नराम्रो निक्लिन्छ । प्रणालीमा सुधार गर्नुपर्छ । त्यसो गर्न सकिन्छ’, उनले भने ।
त्यस्तै, दाहालले माओवादीले लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था तथा सबैले अधिकार पाउनुपर्यो भन्दा मन नपराउने मान्छे रहेको बताए ।
COMMENTS